नियम ३९
भन्सार एजेन्टलाई तालिम दिने
भन्सार एजेन्टको इजाजतपत्र प्राप्त गरी भन्सार एजेन्टको रूपमा सेवा प्रारम्भ गरिनसकेका तथा इजाजतपत्र प्राप्त गरी भन्सार एजेन्टको रूपमा सेवा प्रदान गरिरहेका भन्सार एजेन्टहरूका लागि विभागले समय समयमा आफै
वा अन्य कुनै संस्था वा निकायमार्फत तालिम प्रदान गर्न सक्नेछ ।